काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत

काठमाडौं : नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो। 

पहिलो सेट नेपालले २५–१९ ले जितेको थियो। त्यस्तै नेपालले दोस्रो सेट २५– १८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो। नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए।

Dengue

प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्। राउन्ड रोविन‌ लिगपछि अंक तालिकाको‌ पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार