शिशु मृत्युसम्बन्धी अनुसन्धान गर्दै पुर्चौंडी नगरपालिका

 बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले नवजात शिशुको मृत्युसम्बन्धी अनुसन्धान कार्य अगाडि बढाएको छ । पालिकाले आफ्नै पहलमा नवजात शिशुको मृत्युसम्बन्धी अनुसन्धान कार्य अघि बढाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृती प्राप्त गरेर नगरपालिकाभरी तथ्यांक संकलनको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।अनुसन्धान कार्यका लागि ५ जना अनुसन्धानकर्ता र ६ जना तथ्यांक संकलनकर्ता खटाइएका छन् । उनीहरुले समुदायस्तरमा काम गरिरहेका अवस्थीले बताए ।

Dengue

नवजात शिशु मृत्युको कारण पत्ता लगाई नवजात शिशु मृत्यु रोकथामका लागि आवश्यक कार्ययोजना बनाउन अनुसन्धानको काम अघि बढाईएको अवस्थीले बताए । उनले भने ‘अझै पनि समुदायमा नवजात शिशुको मृत्यु हुने क्रम रोकिएको छैन् । त्यसैले यसको कारण पत्ता लगाउन र शिशुमृत्युदर रोक्नका लागि उपयुक्त कदम चाल्न हामीले अनुसन्धान कार्य अघि बढाएका हौं ।’

अनुसन्धानका क्रममा २०७७ सालदेखि २०८० साल सम्म बच्चा जन्माएका २ सय ८१ आमाहरुसंग अन्तरवार्ता लिने कार्यक्रम तय गरिएको छ । त्यसमा नवशिशु गुमाएका आमाहरु समेत सहभागी हुने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

नेपालमै पहिलोपटक पालिकास्तरमा नवशिशु मृत्युसम्बन्धी अनुसन्धान कार्य भइरहेको पुर्चौंडी नगरपालिकाले दाबी गरेको छ ।पुर्चौंडीमा यो बर्षमात्रै ७ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ भने विगत तीन बर्षमा ३२ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ । यो संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार