कैलाली बहुमुखी क्याम्पसमा स्व.वि.यु साँस्कृतिक संग्रहालय स्थापना

कैलाली : सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानको सहयोगमा स्वतन्त्र विद्यार्थी युनियनले कैलाली बहुमुखी क्याम्पसमा स्ववियु संग्रहालय निर्माण गरेको छ।

संग्रहालयकोे आज एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति टी एन जोशीले उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले दिएकोे थोरै बजेटले पनि सुदुरपश्चिमका नौं ओटै जिल्लामा भाषिक र सांस्कृतिक विकासका लागी आफु लागी परेको बताए। आफुले गर्न सक्ने सम्पूर्ण सानो देखि ठुलो सहयोगको लागी तयार भएको र आफु प्रज्ञा प्रतिष्ठानमा हुँदा आफुबाट भरपुर फाइदा उठाउन आग्रह गरे ।

Seti Hospital

यस्तै संग्रहालयमा सुदूरपश्चिमकोे मौलिकता सँस्कृति झल्किने विभिन्न जातजाति ,भाषाभाषी, समुदायका पोसाक, सामाग्री र तस्बिरहरु सँगै सुदुरपश्चिम प्रदेश भरिका पर्यटकीय स्थलहरुका फोटोहरु राखिएको स्ववियु सभापति यम राज जोशी ले बताए। आफ्नो समुदायको विशेष संस्कृति झल्किने कुनै सामग्री भए ल्याएर सहयोग गर्न उनले आग्रह गरे।

स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले अहिले क्याम्पसमा यस्ता थुप्रै उत्कृष्ट कार्य गर्दै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार