रात्रिकालीन क्रिकेट उद्घाटनमा मन्त्री भण्डारीलाई ४१ किलोकोे माला

कैलाली : सहारा नेपाल क्लब धनगढी द्धारा आयोजना गरिएको नेपालकै प्रथम १७ बर्ष मुनिको रात्रिकालीन क्रीकेट प्रतियोगिताको उद्घाटन हिजो राती नेपाल सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय राजेन्द्र सिंह रावल ,सुदूरपश्चिम प्रदेश सरकारका माननीयहरू, खेलाडी र खेल प्रेमीहरुको उत्साह पुर्ण सहभागिता थियो। प्रमुख अतिथि माननिय मन्त्री दामोदर भण्डारीलाई साम्मन स्वरूप ४१ कीलाको माला घाँटीमा लगाई स्वागत गरेका थिए।

Seti Hospital

कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आफू पनि विगतका दिनमा क्रिकेट खेलमा सक्रिय र बैतडी जिल्ला क्रिकेट टिमको क्याप्टेन समेत बनिसकेको र अहिले नेपालले क्रिकेटमा राम्रो फड्को मारिरहेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि माननिय मन्त्री दामोदर भण्डारीले खेल क्षेत्रमा पनि भबिस्य छ अभाबहरुको बीचमा पनि नेपाली खेलाडीले विभिन्न रेकर्ड बनाई विश्वमा नेपाल चिनाई रहेको र सरकारले अहिले खेल र खेलाडीलाई राम्रै वजेट विनियोजन गरेको कुरा व्यक्त गरे ।

उनले थपे, मैले गर्न सक्ने सहयोगका लागि म सधैँ तत्पर रहेको प्रतिवद्धता जाहेर गरे ।

राष्ट्रिय जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुन गइरहेको उक्त प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको छ भने खेल बिहिबार साँझबाट खेलाइने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार