धनगढीको साइमा एजुकेसनद्धारा व्यक्तित्व विकासका लागी बुद्ध दर्शन प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढी : कैलालीकोे धनगढी उमहानगरपालिका ५ हसनपुर अवस्थित साईमा एजुकेशन अहीले विद्यार्थीहरूको रोजाइको केन्द्र बनेको छ।

आज २५६८औँ बुद्ध जयन्तीको अवसरमा धनगढीको साइमा एजुकेसनले व्यक्तित्व विकासका लागी बुद्ध दर्शन कार्यक्रम संचालन गरेको हो। सुदुरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक गिता फोर लाईफ अभियानका अभियन्ता डा. हरिचन्द्र कमलीले बुद्ध दर्शनकोे बारेमा साइमा एजुकेसनमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन्। जागौं, आफु भित्रको बुद्धलाई जगाऔँ भन्दै बुद्धको ज्ञान विज्ञान छ,बुद्धका ज्ञान व्यवहारमा लागु गर्नु पर्ने उनले बताए।

dashain shuvakamana
Discovery School

साइमा एजुकेशनका ब्रिजकोर्स गरी रहेका विद्यार्थीहरूको लागी पढाई मात्र सबै थोक नभई आध्यात्मिक र व्यक्तित्व विकासका आजको कार्यक्रम आयोजना गरीएको साइमा एजुकेसनका सहायक प्रबन्ध निर्देशक प्रतीक चौधरीले बताए।

यसै विद्यार्थीहरूले पनि आजको कार्यक्रमबाट हामीले बुद्ध दर्शनको बारेमा जानकारी पाएको र यस्ता कार्यक्रमहरु अझै हुनु पर्ने बताए। गिता फोर लाईफ अभियान विधार्थीका लगायत सर्वसाधारणका लागी पनी उत्कृष्ट हुने भएकाले सिमित ठाउँमा मात्र नभएर देश व्यापी रुपमा संञ्चालान गरिनु पर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार