उच्च अदालतमा सन्दीप लामिछानेको मुद्दामा बहस जारी, इजलासका अरु मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई भइरहेको छ। सन्दीपले सफाइ पाउनु पर्ने माग गर्दै दिएको पुर्नरावेदनमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा पेशी तोकिएको छ।

पहिलाे नम्बरमै परेको पेसीमा बिहान ११ बजेदेखि नै बहस भइरहेको छ। यो निवेदनमा बहस लामो हुने भएपछि इजलासका अन्य सबै मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

SHIKHAR COOL TECH

सुनुवाइ अगाडी बढेसँगै अब भने सन्दीपको मुद्दामा उच्च् अदालतले फैसला गर्ने सम्भावना बढेको छ। यसअघि पटक पटक पेसी तोकिएर सुनुवाइ अगाडी बढे पनि फैसला भने हुन सकेको थिएन।

जिल्ला अदलत काठमाडौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला बदर गरेर आफूलाई सफाइ दिनु पर्ने सन्दीपको माग छ।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार