सुदूरपश्चिम राजनितीमा हलचल : हिजो मात्रै सपथ खाएका मन्त्रीलाई तत्काल सरकार छोड्न रञ्जिताको निर्देशन

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएकी छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री शाहले हिजो राति मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

उनले मन्त्रिपरिषद्मा नागरिक उन्मुक्तिका दुई मन्त्री र एक राज्यमन्त्री थपेका हुन् । नाउपाबाट घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरी विनाविभागीयमन्त्री बनाइएको हो । इन्दिरा गिरीलाई भने राज्यमन्त्री बनाइएको हो । उनीहरूले हिजै राति सपथ लिएका हुन् । 

Dengue

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफूसँग कुनै सरसल्लाह नै नगरी शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोड्न निर्देशन दिएकी हुन् ।

उनीहरूले तत्काल सरकार नछोडे पार्टीले कारबाही गर्ने अध्यक्ष श्रेष्ठले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार