हडपिएका सम्पत्ति सरकारको मातहतमा ल्याउने र काविल र क्षमतावान कर्मचारीलाई अवसर दिने गृहमन्त्री लामिछानेको घोषणा

काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर  हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा धेरै चुनौती रहेको भन्दै आफ्नो पहिलो काम हडपिएका सरकारी सम्पत्ति सरकारको मातहतमा ल्याउने बताएका हुन् । त्यसका लागि उनले सुक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता जरुरी रहेको र सोहीअनुसार अपराध अनुसन्धानमा खटिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए । अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार