सपथ ग्रहणको समय सर्‍यो, वालुवाटारमा माधव नेपाल कुर्दै प्रधानमन्त्री

काठमाडौं  : आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई वालुवाटारमा कुरिरहेका छन् ।

Dengue

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जानेछन । जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार