सुदूरपश्चिममा प्रदेश सरकार ढल्ने निश्चित

धनगढी : सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएर प्रदेशमा पनि राजनीति परिवर्तन भएर सुदूरपश्चिमको कमलबहादुर शाह नेतृत्वको सरकार ढल्ने भएको हो।

केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो। जसअनुसार सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले हिजो आफ्ना मन्त्रीहरु बर्खास्त भएकोमा आज सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै अब समाजवादीले पनि समर्थन फिर्ता लिने छ।

Dengue

समाजवादीले पनि समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमको शाह सरकार ढल्ने छ। कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ।

यहाँका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन समाजवादी र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार ढल्छ। जसमध्ये माओवादीले समर्थन झिकिसकेको छ भने समाजवादीको झिक्ने तयारी छ। त्यसपछि शाहलाई कांग्रेसबाहेक नागरिक उन्मुक्ति पार्टीको मात्र समर्थन रहने छ। जो सुदूरपश्चिममा सरकार बन्नलाई अपुग हो।

सुदूरपश्चिममा समाजवादीले समर्थन झिक्दा शाह सरकारलाई समर्थन दिएका प्रदेश सभा सदस्यको संख्या २५ मात्रै रहने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार