धनगढी : सत्ता गठबन्धन कसले बनाउने भन्ने होडबाजीका बीच नयाँ ‘ट्वीस्ट’ आएको छ ।
दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाउने र त्यसले सरकार गठन गर्नेगरी संवाद भएको छ ।
बुधबार बिहान मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलबीच मिलेर सरकार बनाउनेगरी सघन संवाद भएको छ ।
उनीहरूबीच मिलेर जाने विषयमा विभिन्न मोडलहरूमा छलफल भएको उच्च स्रोतले बताएको छ ।अहिले देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्