पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो वाफ च्याम्पियनसिप

धनगढी- जोर्डनले पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधि जितेको छ ।

जोर्डनले पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । नेपालकी अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन् । 

Dengue

जोर्डनले वाफको उपाधि जितेको यो छैटौँ पटक हो ।

फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । निर्धारित ९० मिनेटको खेलमा नेपाल र जोर्डन २-२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । नेपालले खेलको इन्जुरीसमयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

यस अघि नेपालले खेलको २८औं मिनेटमा शुरुवाती गोल गरेपनि खेलको ७६औ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरी गरेको थियो भने खेलको ८८औ मिनेटमा दोस्रो गोल गरेको थियो । नेपालका लागि सविता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार