शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ : प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

Dengue

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार