राष्ट्रपति पाएपछि कांग्रेस उत्ताउलिँदै गयो: केपी ओली

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पाएपछि नेपाली कांग्रेस उत्ताउलिएको टिप्पणी गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो टिप्पणी गरेका हुन् । उनले भने ‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि कांग्रेसले राष्ट्रपति देऊ अरू सबै लैजाऊ भनेर भन्यो । राष्ट्रपति पाएपछि कांग्रेस उत्ताउँलिएको छ । किन उत्ताउँलिएको हो । त्यो थाहा छैन । आफ्नो हैसियत पनि कांग्रेस बुझ्दैन । अब आउँदो निर्वाचनमा के हुन्छ त्यो थाहा छैन । अनि विधान संशोधनको कुरा गर्छ’ ।

Dengue

यस्तै उनले प्रतिगमनका लागि कांग्रेसलाई कसैले पनि साथ दिन नसक्ने बताए । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार