मर्जरमा जान जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

धनगढी : मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले चैत ९ गते साधारणसभा बोलाएका छन् । 

जाल्पा सामुदायिकको साधारण सभा दी एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ भने किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेसियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

Dengue

यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन् । 

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ । त्यस्तै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनार्थ जाल्पाले फागुन २४ गते र किसानले चैत १ गते बुक क्लोज गर्ने भएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार