इसेवाबाट हरेक टिकट खरिदमा विशेष अफर, बम्परमा दुई लाख रुपैयाँ जित्न सकिने

 धनगढी : इसेवाले ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा, बसको टिकट काट्दा वा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा दुई लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

इसेवाले यात्रासम्बन्धीका सेवाको प्रयोगमा प्रयोगकर्ताले क्यासब्याक तथा अन्य आकर्षक पुरस्कार पनि जित्न सकिने बताएको छ । इसेवाले गत वर्ष पनि ल्याएको यो अफरको नाम यस वर्ष ‘मेरो यात्राको साथी दुई’ दिइएको बताएको छ ।

Dengue

टिकेटिङसम्बन्धी कुनै एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप दुई लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एकजनाले सात हजार रुपैयाँसम्मको फुल रिफन्ड क्यास्ब्याक जित्ने कम्पनीले जनाएको छ ।

यस्तै, तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्नेले तीन सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ‘Yatra300– यात्रा ३००’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

होटेल बुक गर्दा प्रोमो कोड ‘Hotel200– होटेल २००’ प्रयोग गरेमा दुई सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता दुईजनाको दरले) अफर अवधिमा सबै रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

यी दुई विजेता प्रत्येक हप्ता इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेजमार्फत् घोषणा गरिने कम्पनीले बताएको छ ।

प्रोमो कोड ‘Yatra50– यात्रा ५०’ प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले ‘YATRA100– यात्रा १००’ प्रोमो कोडको प्रयोग गरेमा एक सय रुपैयाँ क्यास्ब्याक पाउन सक्नेछन् ।

अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म पाँच प्रतिशतका दरले एक हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यो अफर फागुन १३ देखि चैत्र १३ गतेसम्म लागु हुने इसेवाले जनाएको छ । यी सबै अफरबारे विस्तृतमा जानकारी इसेवाको आधिकारिक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार