सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

कैलाली : सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले आज निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ ।

कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यो अनिवार्य हो । ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन ।

Dengue

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सीडीएस एन्ड क्लिरिङको वेबसाइट मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार