निर्देशक भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

काठमाडौँ : निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् ।

समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् ।

Dengue

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् ।

आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ ।लभ स्टोरी क्र्रइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ ।

अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ ।

निश्चलले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।

समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार