सामाजिक सुरक्षा कोषका सेवाग्राहीलाई निसर्ग हस्पिटलमा उपचार सुविधा

धनगढी – सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरूका लागि धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वास्थ्य उपचार सेवा सुचारु रूपमा प्रदान गरिरहेको जनाएको छ। कोषअन्तर्गतका सेवाग्राहीहरूले आवश्यक कागजातका आधारमा अस्पतालमा सहज रूपमा उपचार सुविधा लिन सक्ने व्यवस्था मिलाइएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार सामाजिक सुरक्षा कोषमार्फत उपचार सेवा उपलब्ध भएपछि योगदानकर्ताहरूलाई आर्थिक रूपमा राहत पुग्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अझ सहज बनेको छ। अनुभवी चिकित्सक टोली, आधुनिक उपकरण र व्यवस्थित सेवाका कारण निसर्ग हस्पिटलले छोटो समयमै सेवाग्राहीको विश्वास जित्दै आएको दाबी गरिएको छ।

सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूले स्वास्थ्य उपचारका लागि अब अन्यत्र धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। आवश्यक कागजात पूरा गरी अस्पतालमा सम्पर्क गर्दा कोषअन्तर्गतका सेवाहरू सरल र छिटो प्रक्रियामार्फत उपलब्ध हुनेछन्।

थप जानकारी तथा सेवाका लागि अस्पताल प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
०९१–५२७०००, ९८६५६८०१००

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार