परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीच दिल्लीमा वार्ता

नयाँदिल्ली : परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकर बीच शुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

रायसिना संवाद २०२४ मा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीचको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

Dengue

परराष्ट्रमन्त्री साउदलाई स्वागत गर्दै जयशंकरले रायसिना सम्वादमा नेपालको सहभागिताप्रति खुसी प्रकट गरे। 

‘रायसिना संवादमा भारतका छिमेकीहरूको उपस्थिति स्वभाविक हो। हामीबीचको छलफलले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउँछ,’ जयशंकरले भनेका छन्।

परराष्ट्रमन्त्री साउद उक्त कार्यक्रममा सहभागी हुन बुधबार नयाँ दिल्ली गएका थिए। कार्यक्रमलाई उनले सम्बोधन पनि गर्ने तालिका थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार