खोला छेउमा माननीयको तस्बिर सहित पुल कहिलो बन्छ भन्दै प्रश्न ?

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकामा पुल समयमा नबनेपछि निर्माण व्यवसायीको तस्बिर झुण्डाइएको छ । पालिकाले आन्तरिक कोष खर्चेर निर्माण थालेको पुल नबनाएपछि पाँच राजनीतिक दलले कालो ब्यानरमा निर्माण व्यवसायीको तस्बिर निर्माणाधीन पुलमा टाँगेका छन् । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीे र राष्ट्रिय प्रजातन्त्र पार्टीले समयमै काम नसकेका ठेकेदारहरुका तस्बिर अंकित कालो ब्यानर पुल र गाउँपालिका कार्यालयमा टाँगेका हुन् । फोटो झुण्डाइएका ठेकेदारहरुको सूचीमा नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ को ‘क’ प्रदेश क्षेत्रका सांसद इन्द्रबहादुर बानियाँ पनि परेका छन् । 

Dengue

रमाइलो कुरो चाँही उनी मनहरी गाउँपालिकासहित ३ गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका २ वटा वडाका जनताले मत हालेर प्रदेश सांसद चुनिएका सांसद हुन् । बानियाँसँगै अर्का ठेकेदारहरु शिव चौलागाईँ र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको तस्बिरसमेत पाँचदलले कालो ब्यानरमा उल्लेख गरेका छन् ।

गाउँपालिका अध्यक्ष कालाखेतीलाई भने निजी सवारी साधनमा सरकारी  ढुकुटी खर्च गर्न पाइन्छ ? भन्दै प्रश्न गरिएको छ । त्यसैगरी ‘मनहरी गाउँपालिकाभित्रको ढुंगा, गिटी बालुवाको राजश्व मिनाहा गर्ने अधिकार कसले दियो ?’, ‘पाडापाडी वितरण कार्यमा भएको भ्रष्टाचारको छानबीन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’ भन्ने प्रश्नसहित मनहरी अस्पताल निर्माण कार्यमा कमसल निर्माण सामग्रीको प्रयोग गरिएको विषयलाई कालो ब्यानरमार्फत् उजागर गरिएको छ । 
पाँच दलका नेता–कार्यकर्ताले मनहरी गाउँपालिकाका विभिन्न स्थानमा ठेक्का भएका तर निर्माण हुन नसकेका पुलहरुमै पुगेर विरोध सभा गरेका थिए । त्यसपछि गाउँपालिका कार्यालयमा समेत आएर पाँच दलका नेता कार्यकर्ताले ब्यानर टाँगेर विरोध सभा गरेका हुन् ।

पुल निर्माणमा ढिलाई, अघिल्लो आर्थिक वर्षमा पाडापाडी वितरण कार्यक्रममा भ्रष्टाचार भएको, मनहरी अस्पतालमा कमसल सामग्री प्रयोग गरिएको, राजश्व मिनाहा भएको र गाउँपालिका अध्यक्षले निजी सवारी साधनमा सरकारी खर्च गरेको विषयमा पाँच दलले स्पष्ट पार्न गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार