रेखा थापाले जन्माइन् अमेरीकामा छोरी

कैलाली : अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

Dengue

उनले शिशुको तौल साढे चार किलो रहेको र व्यथा लाग्दा आफूलाई निकै गाह्रो भएको अनलाइनखबरलाई बताइन् । तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार