चीनले दादागिरी नरोके फेरि युद्ध हुन सक्छ भन्दै भारतले दियो चेतावनी

भारत : भारतले फेरि एकपटक चीनले सीमा क्षेत्रमा दादागिरी देखाइरहेको आरोप लगाएको छ । भारतका रक्षा सचिव गिरिधर अरमानेले बुधबार चीनले दादागिरी देखाइरहेको र भारतीय सेनाले सीमा क्षेत्रमा उनीहरूसँग डटेर सामना गरिरहेको बताएका छन् ।

भारत र अमेरिकाबीच रक्षा औद्योगिक सहयोगका लागि आयोजित इन्दुस–एक्स सम्मेलनमा चीनले दादागिरी देखाइरहेको अरमानेले बताएका हुन् । उनले सो क्रममा सन् २०२० को गलवानमा जस्तै अवस्था फेरि पनि निम्तन सक्ने भन्दै भारतीय सेना सचेत हुनुपर्ने पनि उल्लेख गरे ।

Dengue

सन् २०२० मा लद्दाख नजिकैको विवादित गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिक र पाँच चिनियाँ सैनिक ज्यान गुमाएका थिए । 

सो सम्मेलनका क्रममा उनले गलवान भिडन्तपछि अमेरिकाबाट प्राप्त प्रविधि र खुफिया जानकारीले आफूहरूलाई ठूलो मद्दत मिलेको पनि जनाए । उनले सो क्रममा हिन्द प्रशान्त क्षेत्रमा शान्ति ल्याउन महत्वपूर्ण भएको बताए । उनले यतिबेला चीनलाई हरेक माेर्चामा भारतले टक्कर दिइरहेको पनि दाबी गरे । अमेरिकाले भारतलाई आवश्यक परेका बेलामा सहयोग गर्छ भन्नेमा भारत विश्वस्त भएको पनि रक्षा सचिव अरमाने बताउँछन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार