मोबाइलबाट पानस बालेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् केपी ओली कपको उद्घाटन

 काठमाडौं  : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् । त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो ।

Dengue

प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

युवा संघ नेपालले आयोजना गरेको र फागुन १९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् । दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार