एमाले बैठकः चार एजेण्डामा समूहगत छलफल आजदेखि

कैलाली : प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्ताव पेस भएपछि बुधबारदेखि ती प्रस्तावमाथि छलफल हुन लागेको हो । 

छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

Dengue

उनका अनुसार समूहगत छलफल मूलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रित हुनेछ । पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्ताव पेस भएका छन् । 

समूहगत छलफल र प्राप्त निष्कर्षमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूची रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार