१७औं वार्षिक साधारण सभाको तयारीमा रहेको कृषि विकास बैंकको बुक क्लोज कहिले ?

धनगढी : महिनाको अन्तिम दिन अर्थात् फागुन ३० गते कृषि विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा बस्ने भएको छ। 

फागुन ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोड, भक्तपुरमा बिहान ११ बजेदेखि साधरणसभा सुरु हुने जानकारी दिएको छ । 

Dengue

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ। तर सभामा लाभांशसम्बन्धी कुनै एजेन्डा समावेश गरेको छैन ।

त्यस्तै, बैंकको सहायक कम्पनी, कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आवका लागि लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले फागुन १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार नेप्सेमा फागुन १६ गतेसम्म कायम शेयर धनी सभामा उपस्थित हुन योग्य हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार