संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

२ भदौ, काठमाडौं । सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलव भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै सो प्रावधानबारे जानकारी गराएको हो ।

अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रुपमा तलव भुक्तानी दिने निर्णय गरेको थियो । तर, प्रणाली विकास नभएका कारण सो घोषणा कार्यान्वयनमा आइसकेको थिएन ।

कार्यालयले सोमबार एक निर्णय गर्दै हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धवार्षिक रुपमा तलव भुक्तानी गराउने बताएको हो । अब अर्धमासिक रुपमा तलव, भत्ता समेत भुक्तानी हुनेछ ।

कार्यालयले कोलेनिकाहरूको कार्य क्षेत्रभित्रका संघीय निकायबाट माथि उल्लेख अनुसारको भुक्तानीका लागि निकासा माग भए त्यसको व्यवस्था मिलाउन समेत भनेको छ ।

सरकारले निर्णयको सुरुवातमा अर्थ मन्त्रालयबाट यो कार्यक्रम थालेको हो । चालु आवबाट भने सबै संघीय निकायमा बिस्तार गर्ने भनिएकोमा कार्यान्वयन १ महिना ढिला भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार