धनगढीकी पूजा धानुक मृत्यु प्रकरण: श्रीमानसहित ५ जनाविरुद्धको अनुसन्धान सकियो, सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस

धनगढी: धनगढीकी पूजा धानुकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान कार्य पूरा गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकलका श्रीमानसहित परिवारका ५ जना सदस्यविरुद्धको अनुसन्धान सकेर बुधबार सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरिएको छ।

प्रहरीबाट प्रतिवेदन प्राप्त भएसँगै अब सरकारी वकिलको कार्यालयले सोही प्रतिवेदनका आधारमा सजाय तथा कारबाहीको माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

प्रहरी उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार, मृतक धानुकका माइती पक्षले पूजाको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएका थिए। तर, हालसम्म संकलित सबुत र प्रमाणहरूले हत्या गरेको भन्ने कुरालाई स्पष्ट रूपमा पुष्टि गर्ने आधार भने भेटिएका छैनन्। यद्यपि, यस विषयमा थप सबुत र प्रमाणहरू बुझ्ने तथा विश्लेषण गर्ने काम भने निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार