प्रधानमन्त्री बालेनको सुदूर मोह: नेतृत्वदायी भूमिकामा सुदूरका पर्खर व्यक्तिहरू

धनगढी : कुनै समय राज्यका नीतिगत र निर्णयक तहहरूमा सधैँ पाखा पारिएको महसुस गर्ने सुदूरपश्चिम प्रदेशका लागि पछिल्लो समय राजनीतिक र प्रशासनिक वृत्तमा एक ऐतिहासिक फेरबदल आएको छ। लामो समयसम्म सिंहदरबारको नजरबाट उपेक्षित रहँदै आएको सुदूरपश्चिमले हाल आएर देशको राज्य सञ्चालनका प्रमुख र कार्यकारी निकायहरूमा बलियो, अब्बल र अर्थपूर्ण उपस्थिति जनाएको छ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकार र पछिल्लो राजनीतिक गतिशीलताबीच सुदूरका प्रतिभावान तथा योग्य व्यक्तित्वहरू राष्ट्रिय नेतृत्वमा पुग्नुले यस क्षेत्रप्रतिको हेराइमा ठूलो परिवर्तन ल्याएको छ।

केही समयअघि बालेन साहले सुदूरपश्चिमको भ्रमणका क्रममा भनेका थिए – अब सुदूर, दूर रहने छैन, केन्द्रको मुटुमा पुग्नेछ। उनले बोलेका ती शब्दहरू आज अक्षरशः सत्य सावित भएका छन्। पछिल्लो केही महिनाको अन्तरालमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले राज्यका विभिन्न महत्त्वपूर्ण र संवेदनशील निकायहरूको साँचो सुदूरपश्चिमका काबिल व्यक्तित्वहरूको हातमा सुम्पिएको छ।

जसअनुसार, मुलुकको आर्थिक तथा विकास नीतिको मेरुदण्ड मानिने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रखर अर्थशास्त्री डा. गुणाकर भट्ट नियुक्त भएका छन् त्यस्तै, पूँजी बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा डा. गोपाल भट्ट पुगेका छन् भने मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा अछामका कुशल बैंकर दीर्घ रावल नियुक्त भएका छन् । यता, देशको ऐतिहासिक र आधिकारिक मुखपत्र गोरखापत्र संस्थानको महाप्रबन्धकमा डडेल्धुराका हिक्मत रावल ले नेतृत्व समालेका छन् । यी प्रतिनिधि पात्रहरू मात्र हुन्, यतिबेला राज्यका नीति निर्माण गर्ने थुप्रै महत्त्वपूर्ण तहमा सुदूरपश्चिमका सुयोग्य सन्ततिहरूको दह्रो उपस्थिति देखिन थालेको छ।

सुदूरपश्चिमका यी बौद्धिक र प्रशासनिक हस्तीहरूको उच्च तहमा भएको यो प्रवेशले दशकौँदेखिको क्षेत्रीय असन्तुलन र उपेक्षाको अन्त्य मात्र गरेको छैन, समग्र देशको मुहार फेर्न सुदूरपश्चिमका सुपुत्रहरू पनि उत्तिकै सक्षम छन् भन्ने गतिलो प्रमाणसमेत दिएको छ। ुसुदूरु भनिए पनि अब यो भूभाग राज्यको केन्द्रबिन्दुमा उभिएको छ र यसले समग्र सुदूरपश्चिमवासीमा एक खालको नयाँ ऊर्जा र गर्वको अनुभूति गराएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार