१करोड ८२ लाख नक्कली नोट सहित इन्डियन गाडी प्रहरीको फन्दामा

धनगढी : सुनसरी प्रहरीले भारतीय सवारीमा लुकाई राखिएको १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार आइतबार भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो ।

Dengue

ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरेको हो। चेकजाँचका क्रममा गाडीको पछाडि भागमा लुकाइराखेको अवस्थामा नोट फेला परेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए ।

यसक्रममा प्रहरीले भारत वीरपुरका २२ वर्षीय गाडी चालक मोहम्मद सैदयलाई समेत पक्राउ गरेको छ । गाडीमा सवार अर्का एक ब्यक्ति भने फरार भएका छन् ।

फरार ब्यक्तिको प्रहरीले खोजविन गरिरहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले सोमबार घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार