क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल, आज अन्तिम खेल

धनगढी- क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ ।

सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

Dengue

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्पिवको लक्ष्यका साथ खेल्ने छ ।

क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ ।नेपालबाट आज तीव्र गतिका बलर हेमन्त धामी डेब्यु हुने सम्भावना रहेको छ ।

नेपालले बिहीबारदेखि आईसीसी विश्वकप लिग-२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार