विवाहित जोडीको ‘लव अफियर’ : गर्लफ्रेन्डलाई मारेर ताल्चा लगाई भागेपछी….

धनगढी : काठमाडौंको गौशालामा सिराहा धनुषा होटल एन्ड लजमा शनिबार मृत फेला परेकी प्रमिला दमाईको प्रेमी पक्राउ परेका छन्।

रामेछापको लिखु तामाकोसी घर भएकी प्रमिला शुक्रबार साँझ एक पुरुषसँग उक्त होटलमा आएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार गौसालाको विजयचोकमा रहेको उक्त होटलको कोठा दुई दिनसम्म नखुलेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

SHIKHAR COOL TECH

उनीसँगै होटलमा पुगेका एक युवक आइतबार काठमाडौंबाट पक्राउ परेको ढुंगेलले बताए। उनले भने, हामीले क्रस चेक गरिरहेका छौं। प्रारम्भिक अनुसन्धान गरिरहेका छौ। पक्राउ परेका युवक प्रमिलाका प्रेमी हुन्। उनी दोलखाका स्थानीय हुन्।मृतक प्रमिला र युवक दुवै विवाहित हुन्। प्रमिलाको एक सन्तान र श्रीमान् गौशालामै सँगै बस्दै आएका थिए।

उनीहरू २६ गते साँझ उक्त लजमा पुगेका थिए। होटलमा युवकले गलत विवरण टिपाएका थिए। मृत भेटिएकी प्रमिलाको घाटिमा डोरीले कसेर हत्या गरिएको प्रहरीले बताएको छ। युवकले प्रमिलालाई मार्ने नियतले नै लजमा पुर्‍याएको प्रहरीको अनुमान छ।

हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन्। माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार