रुखबाट लडेकी साउँदको उपचारमा आर्थिक समस्या,सहयोगको लागी अपिल

कैलाली-डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ की भानु साउँद रुखबाट लडेकी हुन्।

डोटीको खरहरमा बस्दै आएकी उनी सोमवार घाँस काट्ने बेला रुखबाट लडेकी हुन्। उनको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार हुँदैछ। उनका श्रीमान करन साउँदले श्रीमतीको उपचारका लागि आर्थिक समस्या रहेको बताएका छन्। भानुका ७ वटा करङहरू भाँचिएका छन्। आन्द्रा दुई ठाउँमा फुटेका छन्। मङ्गलवार अस्पतालले आन्द्राको शल्यक्रिया गरेको छ। हड्डीको शल्यक्रिया गर्न बाँकी छ।

Dengue

अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचार जारी हरेको छ। बेहोस भएकी उनको मङ्गलवार होस आएको थियो।

भानुको उपचारमा आर्थिक सहयोग गर्न चाहानेहरूले एनएमबी बैँक, मसुरियामा रहेको सारदा साउँदको खाता नम्बर ०८७०२२८४७००००१२ मा रकम जम्मा गर्न उनका श्रीमान करन साउँदले आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार