आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

धनगढी- २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि पाँच पटक उपाधि जितिसकेको थ्रीस्टार आज छैटौँ उपाधिको खोजीमा रहेको छ । थ्रिस्टारले विसं २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

Dengue

त्यस्तै चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मी यसपटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आर्मी यसअघि विसं २०६५, २०६६, २०७२ र २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन ।

यही माघ ९ गतेदेखि सुरु भएको १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाउने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार