आज पनि घट्यो अमेरिकीदेखि क्यानेडियन डलरसम्मको भाउ, अन्य देशको मुद्रा कति पुग्यो ? (विनिमय दर)

धनगढी -नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार पनि अमेरिकी डलरको भाउ घटेको छ । बुधबार पनि घटेको डलरको भाउ आज पनि घटेर एकको खरिदमा १३२ रुपैयाँ ५८ पैसा र बिक्रीमा १३३ रुपैयाँ १८ पैसा कायम भएको छ । हिजो बुधबार अमेरिकी डलर एकको खरिद मूल्य १३२ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ २८ पैसा रहेकोमा आज पनि घटेको हो ।

यता, युरोपियन युरोको भाउ पनि आज घटेको छ । बुधबार बढेको युरोको भाउ आज घटेर एकको खरिदमा १४३ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३७ पैसाप कायम भएको छ । यसअघि भने युरो एकको खरिदमा १४३ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५२ पैसा रहेको थियो ।

Dengue

यसैगरी युके पाउन्ड स्टर्लिङ पनि घटेर एकको खरिदमा १६८ रुपैयाँ १४ पैसा र बिक्रीमा १६८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलरलाई आज खरिदमा ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पर्नेछ। अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको हो । क्यानेडियन डलर पनि घटेर एकको खरिदमा ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा कायम भएको छ । यसैगरी जापानिज येनको भाउ पनि घटेर आज १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ ०१ पैसामा झरेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ २६ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३ पैसा र बिक्रीमा २८ रुपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५१ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ३५३ रुपैयाँ २३ पैसा तोकिएको छ ।

विस्तृत तालिकामा हेर्नुस् :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार