पारसलाई क्रिकेटर सन्दीपको चिठ्ठी : ‘म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’

धनगढी – क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ (क्यान)लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर सन्दीपले लेखेको लामो पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । ‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’, सन्दीपले पत्रमा भनेका छन्, ‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ । मैले न्यायालयको निष्पक्षतामाथि सधैँ भरोसा गरेको छु, र मेरो विश्वास अपरिवर्तित र बलियो रहनेछ, यद्यपि घटना वास्तविकताभन्दा धेरै टाढा छ। न्यायको आशा गरिरहेको छु।’

Seti Hospital

उनले कठिन परिस्थितिका बिच पनि आफूले देशका लागि खेलिरहेको स्मरण गर्दै कम खेलमा १०० विकेट बनाउने खेलाडीको सूचीमा दरिन पाउँदा खुसी व्यक्त गरेका छन् ।
क्रिकेट टोलीबाट बाहिरिने ‘रिक्युजल’ गरेका सन्दीपले आफू न्यायका लागि उच्च अदालत जाने पनि बताएका छन् । ‘मलाई थाहा छ कि म निर्दोष छु । तर, देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ र मसँग फैसला स्वीकार गर्नुको विकल्प छैन, यो विश्वासले मलाई कुनै पनि तरिकाले खेलिरहन नैतिकताले दिँदैन । तसर्थ, अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिममा दिएको जर्सीमुनि खेल्नबाट म अलग भएको छु । क्यानले मेरो यो रिक्युजल (खेलबाट अलग हुने) को स्थिति बुझ्ने छ’, सन्दीपको भनाइ छ ।

उनले आफू गम्भीर आर्थिक संकटमा परेकाले बाँकी रहेको भुक्तानी फुकुवा गरिदिन पनि क्यानलाई अनुरोध गरेका छन् । यस्तै उनले आफूलाई खेल जीवनमा हौसला भर्ने सबैलाई आभार प्रकट पनि गरेका छन् ।

लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले बुधवार ८ वर्ष कैद र जरिवानाको फैसला गरेको थियो । उनले बलात्कार मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने बताइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार