धनगढी – नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन बिहीबारदेखि कैलालीको टीकापुरमा सुरु हुन लागेको हो । महाधिवेशनका लागि गर्नुपर्ने आवश्यक सबै तयारी पुरा भइसकेको सो पार्टीले जनाएको छ ।
शनिबारसम्म चल्ने महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछ ।
महाधिवेशनबाट सो पार्टीको संरक्षक समेत रहेका रेशम चौधरी नेतृत्वमा आउने तयारीमा छन् । अहिले अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठ रहेकी छन् ।महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।
२०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी जेलमा भएकै बेला स्थापित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्