सुदूरपश्चिम महोत्सवः तेस्रो दिन आज एलीना चौहान, मञ्जु पौडेलको प्रस्तुती

धनगढी: सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन आज एलीना चौहान, मञ्जु पौडेल, उर्गेन दोङको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार चौहान र पौडेलसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।

सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । यस्तै आज पनी विद्यालय र क्लव स्तरीय नृत्य प्रतियोगिता गराइने उनको भनाई छ। शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ।

Dengue

यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार