धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सुदूरपश्चिम प्रदेश सभापति नरेन्द्र बहादुर चन्दले आसन्न प्रदेश अधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
२०६२ सालदेखि सक्रिय राजनीतिमा रहनुभएका चन्दले लामो समय नेकपामा रही विभिन्न जिल्ला र प्रदेशस्तरीय जिम्मेवारी सम्हालिसकेका छन्। रास्वपाको स्थापनासँगै सुदूरपश्चिम प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्नुभएका उहाँले प्रदेशका सबै जिल्ला र पालिकाहरूमा संगठन विस्तार तथा २०७९ को प्रतिनिधि सभा निर्वाचन व्यवस्थापनमा सक्रिय भूमिका खेलेका छन्।
हाल उहाँ रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन विभागको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्। राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय चन्द सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन्। उहाँ उदय देव मन्दिर व्यवस्थापन समिति र सिगास शिक्षण क्याम्पसको संस्थापक व्यवस्थापन सञ्चालक समिति सदस्यसमेत हुन्।
राष्ट्रको समृद्धि, सुशासन र पारदर्शिताका लागि नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने आफ्नो उद्देश्य रहेको चन्दले बताएका छन्।चन्द घरेलु उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको सदस्य हुनुका साथै आत्मनिर्भरताका लागि प्रशिक्षकका रूपमा पनि क्रियाशील छन्।




प्रतिक्रिया दिनुहोस्