कैलालीबाट डेढ लाख बढीका अबैध सामान बरामद

धनगढीः कैलालीबाट डेढ लाख बढीका अबैध सामान बरामद गरिएको छ।जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४१ हजार ८ सय ६५ मूल्य बराबरको लाष्टिक, सुट, बच्चाको जकेट, अन्य किरानाका सामान, गोदावरी नगरपालिका १ महेन्द्रनगर रोड स्थित बिष्णु पेट्रोल पम्प नजिकबाट अन्दाजी ९१ हजार १ सय ५० मूल्य बराबरको पितलको भाडाकुडा, घण्टी लगायतका सामान र भजनी नगरपालिका(६ महादेउलीबाट अन्दाजी १७ हजार ५ सय मूल्य बराबरको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जम्मा १ लाख ५० हजार ५ सय १५ मूल्य बराबरको सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार