अछामः भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका-३ अनारीगाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढा घाइते भएकी हुन् ।
आइतबार जंगलमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्