धनगढी, २९ असोज । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलापारी भारतको वतन केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का लागेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्पको धक्का लाग्ने क्रम बढ्दै गएको छ । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएका कारण भूकम्पको जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्