धनगढी उपमहानगर पालिका ३ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन

धनगढी, २८ असोज । धनगढी उप-महानगर पालिका वडा नम्बर ३ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका विच सुदूरपश्चि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, धनगढी उपमहा नगरका प्रमुख गोपाल हमालले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री देउवाले नगरपालिका सङ्ग बसेर यहाँको आवस्यकता र विकासका लागी सधै आफु तयार रहेको बताए । वडा तह देखी प्रदेश तह सम्मका जनप्रतिनिधीको एउटै उदेश्य जनताको आवस्यबता पुरा गर्नु र यहाको विकास गर्नु भएको उनले बताए ।

Dengue

नगर प्रमुख गोपाल हमालले कार्यक्रममा बोल्दै नवनिर्मित भवन उद्घाटन भएपछि स्थानियलाई सेवा दिन थप सहज हुने बताएका छन् । उनले चालु आर्थिक वर्षमा वर्ष धनगढी उप-महानगर भित्रका सबै सडक ग्रावेल र मर्मत गरिने बताएका छन् ।

वर्षेनि पानिका कारण डुवान तथा बाटो बन्द हुने लगाएतका समस्या मध्यनजर गरी उप-महानगर पालिकाले तिन जेसिवी र छ वटा नँया टिप्पर खरीद गरेको नगर प्रमुख हमालले जानकारी दिए । हाल उपमानगर सङ्ग ११ टिप्पर र सात वटा जेसिवी रहेका छन् ।

तेल, रोयल्टि र ड्राइभरको खाना,बस्नेको खर्च वडाले व्यहोर्ने, बाकि र्ममत र ड्राइभरको तलब उपमहानगर पालिकाले व्यहोर्ने नगर प्रमुखले बताए । धनगढीको विकासका लागी उपमहानगर स्थानियको साथमा रहेको हमालले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार