डडेल्धुराबाट ५ जना जुवाडे पक्राउ

धनगढी, २२ असोज । डडेल्धुरामा ५ जना जुवाडे पक्राउ परेका छन् । आइतबार जिल्लाको अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जना पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

Dengue

प्रहरीले जुवाडेभन्दा मोबाइल बढी समातेको स्रोतले जनाएको छ । जुवाडेको नाम र मोबाइल के कति समातियो भनेर प्रहरीले खुलाएको छैन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार