सशस्त्र प्रहरीले गरे गोदावरी २ मा रहेको सेभ हाउस परिसरमा झाडी सफाई

धनगढी, १५ असोज । सशस्त्र प्रहरीले गोदावरी नगरपालिका २ मा रहेको महिला तथा बालबालिका सेभ हाउस परिसरमा झाडी सफाइ गरेका छन् ।

सशस्त्र प्रहरील बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाबाट सशस्त्र प्रहरी सहायक निरिक्षक मनोज बोगटीको नेतृत्वमा खटिएको १९ जना सशस्त्र प्रहरीको टोलीले सेभ हाउस परिसरमा झाडी सफाइ गरेको हो ।

Dengue

सेभ हाउस परिसरमा झाडी हुँदा सर्प लगायतका जंगली जनावरको डर हुने भएकाले सफाइका लागि आफूहरुले सशस्त्र प्रहरी संग अनुरोध गरेको सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताईन् । साना बालबालिका आश्रय लिएर बस्ने सेभ हाउस परिसरको झाडीका कारण बालबालिका असुरक्षित भएपछि सफाइका लागि सशस्त्र प्रहरीलाई अनुरोध गरिएको उनले बताइन ।

अत्तरियामा २०७३ सालमा स्थापना भएको सेभ हाउस हाल पदमा अस्पतालको भवन निर्माण स्थलको जग्गामा राखिएको छ । उक्त स्थानमा सेभ हाउस राख्नको लागि पदमा अस्पतालले निःशुल्क घर र जग्गा सेभ हाउसलाई उपलब्ध गराएको छ । सेभ हाउसमा हाल २८ जना बालबालिका बस्दै आएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार