कम्युनिष्ट पर्टिहरुलाई लोकतान्त्रीक धारमा ल्याउन कांग्रेसले नेतृत्व गर्छ : नेता सिटौला

धनगढी, १० असोज । नेपली कांग्रेसका नेता कृष्ण प्रशाद सिटौलाले कम्युनिष्ट पार्टिहरुले संविधान कार्यान्वयनमा नल्याएको बताएका छन् । धनगढीमा बुधबार संविधान कार्यान्वयनका लागी जनप्रतिनिधी सङ्ग छलफल कार्याक्रममा बोल्दै कांग्रेसका नेता सिटौलाले यस्तो बताएका हुन् ।

०७४ सालमा नेकपा एमाले र माओवादिको वाम गठबन्धन पछि एकता गरिएको नेपाल कम्युनिष्ट पार्टि(नेकपा)ले संविधामा लेखीएका व्यवस्था जनतालाई अधिकार सम्पन्न गराउने पक्षमा नभई आफ्नो पार्टि र कार्यकताको लागी कार्यान्वयन गरेको आरोप लगाए ।

Dengue

दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टिले संघियता र संविधानको मुल मर्म लागु गर्न नचाहेको नेता सिटौलाले बताए । कम्युनिष्ट पार्टि सत्ता जोगाउन र पार्टिका कार्यकर्ताका अधिकारमा मात्रै तलिन रहेको उनको भनाई छ ।

कांग्रेसको नेतृत्वमा स्थिर सरकार नबनेका कारण संविधान कार्यान्वयनमा आउन नसकेको उनको तर्क छ । उनले अहिले नेपाली कांग्रेस स्थानिय तह देखी संघिय संसद सम्म पहिलो दल भएकाले अबका दिनमा संविधान कार्यान्वयन गर्नमा कांग्रेसले नेतृत्व गर्न आवस्यक रहेको बताए ।

नेता सिटौलालले कम्युनिष्ट पार्टिहरुलाई लोकतान्त्रीक धारमा ल्याउन कांग्रेसले नेतृत्व गर्ने बताए । संविधान कार्यान्वयनका लागी जनप्रतिनिधी सङ्ग छलफल कार्यक्रममा केहि नेता कार्यकताएले संविधान जारी भएको आठ वर्ष पुरा भैसक्दा संविधानले गरेका हक अधिकार नेता कार्यकताको हितमा मात्रै लागु भएको गुनासा राखेका थिए ।

उक्त कार्यक्रममा अहिलेको अर्थतन्त्रले संघियता धान्न नसक्ने भएकाले प्रदेश सरकार खारेज हुनु पर्ने र नेपाल हिन्दु राष्ट्र कायम गर्नु पर्ने धारणा समेत उठेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार