राष्ट्रिय सभाको बैठक ६ दिन पछि सर्‍यो

काठमाडौं: राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

१२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार