कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबासा पुलमा आवागमन बन्द गरिएको छ।
बिहीवार साँझदेखि नै पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्