धनगढी: कैलालीका एकजना सेती नदीमा बेपत्ता भएका छन् ।
जिल्लाको लम्किचुहा- ९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बझाङको दुर्गाथली गा.पा.२ मौरीबगर स्थित सेती नदीमा बेपत्ता भएका हुन् ।
उनी बझाङको दुर्गाथली गा.पा.२ मौरीबगरमा ज्याला मजदुरीको काम गर्दै आइरहेका थिए । शुक्रबार साँझ मौरीबगर स्थित सेती नदीमा माछा मार्न गएका उनी पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका छन् ।
बेपत्ता भएको खबर प्राप्त भएसँगै प्रहरी टोली खटिई खोजी कार्य जारी रहेको छ ।
प्रतिक्रिया दनुहोस्