कैलाली । कैलालीको गोदवारीस्थित भाइरल पुल जोखिममा परेको छ । गयरातीदेखि परेको अविरल वर्षाका कारण गोदावरीको पुरानो भाइरल (काठे) पुल जोखिममा परेको हो ।
सोमबार रातीदेखि परेको भारी वर्षाका कारण उक्त पुलको दुवै साईड नदिले कटान गरेको छ । दुवै छेउको जमिन नदिले बगाएपछि अहिले पुल जोखिममा परेको छ । पुलसँगै पुल घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि जोखिममा परेका छन् ।
यसो त उक्त पुल निकै पुरानो हो । पुल पुरानो भएकै कारण पछिल्लो समय उक्त पुलको विकल्पका रुपमा नयाँ पक्की पुल प्रयोगमा ल्याइएको छ । तर, बाढीले पुलको बेसमै क्षति गरेपछि हाल उक्त पुलमा थप जोखिम बढेको हो । फोटो फिचरः




प्रतिक्रिया दनुहोस्